- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्स प्राप्ति गर्ने अन्तिम स्वीकृति पाएको छ । नेपाल राष्ट्र बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले नेपाल इन्भेष्टमेन्ट बैंकलाई सिटी एक्सप्रेस फाइनान्स प्राप्ति गर्न अन्तिम स्वीकृति दिएको हो ।
बैंकले सिटीलाई एक्सप्रेसलाई प्रति कित्ता ३० रुपैयाँका दरले गाभ्ने भएको हो । जसअनुसार सिटी एक्सप्रेसको १०० कित्ता सेयर हुनेले इन्भेष्टमेन्ट बैंकको ३० कित्ता सेयर पाउनेछन् । अहिले सिटी एक्सप्रेस फाइनान्सको सेयर कारोबार रोक्का छ ।