×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार २.१३ अंकले घट्यो सेयर बजार, १ अर्ब ०४ करोडमाथिको कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बिहिबार २.१३ अंकले घट्यो सेयर बजार, १ अर्ब ०४ करोडमाथिको कारोबार

Artha Sarokar

२३ भाद्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको पाचौँ दिन बिहिबार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक २.१३ अंकले घटेर १९३७.७४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२७ कम्पनीको ३४ लाख ०१ हजार ७ सय ६२ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ०४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार हिमालयन एभरेस्ट इन्स्योरेन्सको भएको छ । यस कम्पनीको १३ करोड १० लाख ४५ हजार ३ सय ६५ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी बिहीबारको सेयर बजारमा ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ४ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा मल्टि पर्पोज फाइनान्स कम्पनी, १०.२५ % ग्लोबल आइएमइ बैंक लिमिटेड २०८०/८१, छ्याँग्दी हाइड्रोपावर लिमिटेड, विन्दाबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र नेपाल हाइड्रो देभ्लपर्स लिमिटेडका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन एभरेस्ट इन्स्योरेन्सको भएको छ । यस कम्पनीको १३ करोड १० लाख ४५ हजार ३ सय ६५ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा रिडी पावर कम्पनी, नबिल बैंक लिमिटेड, प्राइम कमर्सिअल बैंक, एशियन लाइफ इन्स्योरेन्स र हिमालयन डिस्ट्रिलरीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा सामुदायिक लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले घटेको हो । सामुदायिक लघुवित्तको सेयरमा यस्तो गिरावट आउँदा अपर हेवाखोला हाइड्रोपावर, १० % प्राईम डेभेन्चर २०८८, एनएमबि हाईब्रिड फण्ड एल-१, ग्रिन डेभलपमेन्ट बैंक र विजया लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी