Skip to content
LAXMI SUNRISE BANK

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ६२ हजार ५ सय कित्ता संस्थापक सेयर लिलामी खुला, न्यूनतम मूल्य कति ?

अर्थ सरोकार

काठमाडौँ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आज भदौ २४ गते शुक्रबारदेखि आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर लिलामीमा ल्याएको छ । कम्पनीले ६२ हजार ५ सय कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो । कम्पनीले प्रतिकित्ता न्युनतम मूल्य ७ सय ५० रुपैयाँमा सो सेयर बिक्रीमा ल्याएको हो ।

लगानीकर्ताले ७५० रुपैयाँलाई  न्युनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी लिलामी बोलपत्र पेश गर्नुपर्नेछ । न्युनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यो सेयर खरिदका लागि लघुवित्तका विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

सो सेयरमा बोलपत्र पेश गर्ने अन्तिम म्याद असोज २७ गतेसम्म तोकिएको छ । लगानीकर्ताले संस्थाको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल, काठमाडौंमा पुग्ने गरी आवेदन दिनु पर्नेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK