काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक २१.३० अंकले बढेर १९३४.०४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २३१ कम्पनीको ३१ लाख ४६ हजार ९ सय ९६ कित्ता सेयर खरिद बिक्री हुँदा ९२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ५ करोड ९४ लाख ८९ हजार २ सय ४५ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी मंगलबारको सेयर बजारमा बोटलर्स नेपाल (बालाजु) लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा मैलुंग खोला जल विद्युत, सानिमा लार्ज क्याप फण्ड, युनिभर्सल पावर कम्पनी, रिभर फल्स पावर लिमिटेड र मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ५ करोड ९४ लाख ८९ हजार २ सय ४५ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा रिडी पावर कम्पनी, हिमालयन एभरेस्ट इन्स्योरेन्स, अरुण काबेली पावर, अपि पावर कम्पनी र हिमालयन डिस्ट्रिलरीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा ८.५ % नेपाल बैंक डेबेन्चर २०८७ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो । ८.५ % नेपाल बैंक डेबेन्चरको सेयरमा यस्तो गिरावट आउँदा सामुदायिक लघुवित्त वित्तिय संस्था, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम -२, युनाईटेड आइडिआइ मर्दी आरबि हाइड्रोपावर, नबिल ब्यालेन्स फण्ड -२ र लक्ष्मी इक्युटि फण्डमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्