काठमाडौँ । आशा लघुवित्त वित्तिय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याउने भएको छ । कम्पनीले असोज ४ गतेदेखि ३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
लघुवित्तको प्रतिकित्ता न्युनतम मूल्य २९५ रुपैयाँका दरले सो वा सो भन्दा बढी मूल्य बोलकबोल गरी आवेदन पेश गर्नुपर्ने कम्पनीले जनाएको छ । उक्त सेयरमा कम्पनीका संस्थापक सेयरधनीसहित अरु व्यक्ति,कम्पनी तथा विभिन्न संघ संस्थाहरुले पनि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी आवेदन बुझाउनुपर्नेछ । यसअघि साविकका संस्थापकहरूबाट आवेदन नपरेपछि सर्वसाधारणले समेत आवेदन दिन पाउने गरी सेयर बिक्री गर्न लागिएको कम्पनीले जनाएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्