काठमाडौं । भदौ महिनामा वाणिज्य बैंकहरुको निक्षेप ५२ अर्ब बढीले वृद्धि भएको छ । वाणिज्य बैंकहरुको निक्षेपमा आएको यो सुधारसँगै साउनमा ४४ खर्ब ३३ अर्ब ३७ करोडमा झरेको निक्षेप भदौ मसान्तसम्ममा ४४ अर्ब ८५ अर्ब ५१ करोड पुगेको छ ।
दशैं नजिकिएसँगै सरकारले कर्मचारीहरुको तलब तथा दशैं भत्ता निकासा गर्दा बैंकहरुको निक्षेपमा वृद्धि देखिएको बैंकर्सहरुको भनाई छ । यद्यपी बाह्य क्षेत्रमा सुधार भएर निक्षेप नबढेको र पूँजीगत खर्च पनि नबढेको भन्दै चालु खर्चमा भएको वृद्धिले निक्षेपमा खासै वृद्धि नहुने बैंकरहरुको तर्क छ ।
निक्षेपमा वृद्धि भएसँगै बैंकहरुको कर्जा लगानी पनि बढेको छ । भदौ महिनामा कर्जा १३ अर्ब ७५ करोडले कर्जा बढेको बैंकर्स संघले जनाएको छ । २०७९ असारमा ४१ खर्ब ७४ अर्ब ८४ करोड रहेको कुल कर्जा साउन मसान्तमा ४१ खर्ब ७६ अर्ब ५२ करोड पुगेकोमा भदौ मसान्तमा आउँदा ४१ खर्ब ९० अर्ब २८ करोड पुगेको संघले जनाएको छ । चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो महिना साउनमा २२ अर्ब २५ करोड रहेको कुल बजेट खर्च भदौ मसान्तमा आउँदा बढेर १ खर्ब ३४ अर्ब ३३ करोड पुगेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
भदौसम्मको कुल बजेट खर्चमध्ये चालुतर्फ १ खर्ब ८ अर्ब ७३ करोड, पूँजीगत तर्फ ५ अर्ब ८६ करोड र वित्तीय व्यवस्थातर्फ १९ अर्ब ७५ करोड रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्