काठमाडौं । सीबीआइएल क्यापिटलको वार्षिक साधारण सभा हुने भएको छ । कम्पनीको साधारण सभा असोज २८ गते हुने भएको हो । सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय डिल्लीबजार काठमाडौँमा बिहान ११ बजे हुने भएको छ ।
कम्पनीको भदौ २७ गते बसेको संचालक समितिको बैठकले साधारण सभा गर्ने निर्यण गरेको हो । कम्पनीले असोज १४ गते बुक क्लोज मिति तोकेको छ भने असोज १३ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन पाउने कम्पनीले जनाएको छ ।
सभामा लाभांश सम्बन्धी कुनै एजेण्डा राखिएको छैन । आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव रहेको छ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेण्डा पनि रहेको छ ।