- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडको कम्पनी सचिवमा शेष कुमार ढुंगाना नियुक्त भएका छन् । कम्पनीको जेठ २४ गते सोमबार बसेको संचालक समितिको बैठकले कम्पनी सचिव रमाकान्त मणि नेपालको राजीनामालाई स्वीकृत गर्दै प्रमुख कार्यकारी अधिकृत ढुंगानालाई कम्पनी सचिवमा नियुक्त गरेको हो । ढुंगानालाई जेठ २४ गतेदेखि लागु हुनेगरी सचिवमा नियुक्त गरिएको हो ।