काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ११.१९ अंकले बढेर १८४८.८० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२६ कम्पनीको २५ लाख ३१ हजार ३ सय ७० कित्ता सेयर खरिद बिक्री हुँदा ७२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ३ करोड ३८ लाख १५ हजार ४ सय ४८ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी बुधबारको सेयर बजारमा समलिङ्ग पावर कम्पनीका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा समीट लघुवित्त वित्तिय संस्था, मैलुंग खोला जलविद्युत कम्पनी, आरबीबी म्युचल फण्ड-१, गणपति लघुवित्त वित्तिय संस्था र लिबर्टी एनर्जी कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः
यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ३ करोड ३८ लाख १५ हजार ४ सय ४८ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा रिडी पावर कम्पनी, हिमालयन डिस्टिलरी, अपि पावर कम्पनी, गोर्खाज फाइनान्स र न्याशनल हाईड्रो पावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः
यस्तै बुधबारको सेयर बजारमा विन नेपाल लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा धेरैले घटेको हो । विन नेपालको सेयरमा यस्तो गिरावट आउँदा नबिल ब्यालेन्स फण्ड-२, राप्ती हाइड्रो एण्ड जेनेरल कन्स्ट्रक्सन, सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्था, गुराँस लघुवित्त वित्तिय संस्था र स्वाभिमान लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः