काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ९.८३ अंकले घटेर १८३८.९६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२९ कम्पनीको २५ लाख ४२ हजार ८ सय ९९ कित्ता सेयर खरिद बिक्री हुँदा ६५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको २ करोड ५८ लाख ६८ हजार ७ सय ६१ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी बिहीबारको सेयर बजारमा समलिङ्ग पावर कम्पनीका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा लक्ष्मी इक्युटी फण्ड, लक्ष्मी उन्नति कोष, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२, अपर हेवाखोला हाईड्रोपावर कम्पनी र नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको २ करोड ५८ लाख ६८ हजार ७ सय ६१ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा बोटलर्स नेपाल (तराई) लिमिटेड, अपि पावर कम्पनी, रिडी पावर कम्पनी, अरुण काबेली पावर र हिमालयन डिस्टिलरीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा १०% प्रभु बैंक डेबेन्चर २०८४ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो । १०% प्रभु बैंक डेबेन्चरको सेयरमा यस्तो गिरावट आउँदा गरिमा डेबेन्चर २०८५, सेञ्चुरी डेबेन्चर २०८८, बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, स्वत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन र तेर्हथुम पावर कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्