काठमाडौं । कुमारी बैंकले आर्थिक वर्ष २०७८/७९का लागि लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयर धनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयर धनीलाई १२.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यद्यपी बैंकले बोनस सेयर भने प्रस्ताव गरेको छैन ।
हाल कायम चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३२६ रुपैयाँको १२.५० प्रतिशत नगद लाभांश बाँड्ने बैंकले साधारणसभाको मिति भने तय नभएको जनाएको छ । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसाभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुने बैंकले जनाएको छ ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी)सँग मर्जरमा जान लागेका कारण हाल दोश्रो बजारमा बैंकको कारोबार रोक्का रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्