काठमाडौँ । नागढुङ्गा सुरुङमार्ग प्रयोग भएको पहिलो दिन नै करिब ११ लाख ७० हजार रुपैयाँ टोल दस्तुर संकलन भएको छ । पहिलो दिन आइतबार ७ हजार ५ सय हाराहारी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका थिए ।
सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि कात्तिक १५ देखि सडक दस्तुर संकलन सुरु भएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका उपआयोजना निर्देशक तथा सूचना अधिकारी सञ्जय पन्थीले जानकारी दिए ।
आइतबार राति १२ बजेदेखि सडक दस्तुर लागू भएको हो । सडक दस्तुर लागू भएको पहिलो दिन हिजो (आइतबार) ७ हजार ५०० हाराहारी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेबापत सवारीसाधनबाट पहिलो दिनमै करिब ११ लाख ७० हजार रुपैयाँ टोल दस्तुर संकलन भएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका उपआयोजना निर्देशक तथा सूचना अधिकारी सञ्जय पन्थीले जानकारी दिए ।
‘टोल कलेक्सन गरेको पहिलो दिन ७ हजार ५०० को हाराहारीमा सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका छन् ।’, उनले भने, ‘जसमा आइतबारको डाटा अनुसार ११ लाख ७० हजारको हाराहारीमा टोल कलेक्सन भएको छ ।’
पन्थीका अनुसार सुरुङमार्गको औसत वार्षिक दैनिक सवारी चाप करिब ८ हजार ५०० रहेको छ । दशैंको समयमा दैनिक १० हजारभन्दा बढी सवारीसाधनले सडक प्रयोग गरेका थिए ।
तर सुरुङमार्गमा दैनिक करिब पाँच हजार सवारीसाधन चल्ने प्रारम्भिक अनुमान आयोजनाको थियो । पहिलो दिनमै अनुमानभन्दा बढी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका छन् । नागढुंगा सुरुङमार्ग प्रयोग शुल्कबाट वार्षिक ३५ देखि ४० करोड रुपैयाँ संकलन हुने अनुमान रहेको पन्थीले बताए ।
‘आजको डाटा भोलि प्राप्त हुन्छ ।’, उनले भने, ‘यसअनुसार पहिलो वर्षको अनुमान त ३५ देखि ४० करोड हो ।’
सवारी चाप, प्रयोगकर्ताको प्रतिक्रिया र आम्दानीको अवस्थाका आधारमा आगामी दिनमा यसको वास्तविक अवस्था स्पष्ट हुँदै जाने पन्थीले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्