Skip to content
LAXMI SUNRISE BANK

एनसेल आजियाटा लिमिटेडको साधारणसभा कार्तिक २५ गते हुने, यस्ता छन् पेश गरिने प्रस्तावहरु

अर्थ सरोकार

काठमाडौँ । एनसेल आजियाटा लिमिटेडको साधारणसभा हुने भएको छ । कम्पनीको साधारणसभा कार्तिक २५ गते हुने भएको हो ।

सभा एनसेल आइकोन भवन, लैनचैर-२६ काठमाडौंमा दिउँसोको १२ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७८/७९ को लाभांश प्रस्ताव पेश गर्ने भएको छ । कम्पनीले लाभांश दर भने उल्लेख गरेको छैन ।

साथै, सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने तथा ऋणका विषयमा पनि छलफल गर्ने एजेण्डा समेत रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK