काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक बढेको छ । शुक्रबारको तुलनामा नेप्से परिसूचक १४.३५ अंकले घटेर १८५८.४९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २२१ कम्पनीको १५ लाख ३८ हजार ४८ कित्ता सेयर खरिद बिक्री हुँदा ५१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार एभरेस्ट बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ५ करोड १६ लाख ३२ हजार ९ सय ९७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी आइतबारको सेयर बजारमा रुरु जलविद्युत परियोजनाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा सयपत्री हाइड्रोपावर, सिटिजन्स म्युचुअल फण्ड -१, जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था, किसान लघुवित्त वित्तिय संस्था र मिथिला लघुवित्त वित्तिय संस्थाका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार एभरेस्ट बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ५ करोड १६ लाख ३२ हजार ९ सय ९७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नबिल बैंक, नेपाल बैंक लिमिटेड, एनआइसी एशिया बैंक लिमिटेड प्रमोटर सेयर, गरिमा विकास बैंक लिमिटेड र प्रभु बैंक लिमिटेडको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा सिटिजन्स म्युचुअल फण्ड २ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ९ प्रतिशत भन्दा धेरैले घटेको हो । सिटिजन्स म्युचुअल फण्ड २ को सेयरमा यस्तो गिरावट आउँदा अभियान लघुवित्त वित्तिय संस्था, महुली लघुवित्त वित्तिय संस्था, बेस्ट फाइनान्स कम्पनी, एनआइबिएल प्रगति फण्ड र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम -२ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्