Skip to content
LAXMI SUNRISE BANK

महालक्ष्मी विकास बैंकको सामाजिक कार्य : ललितपुर महानगरपालिकालाई ‘महालक्ष्मी स्वस्तिक बगैंचा’ हस्तान्तरण

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ललितपुर महानगरपालिका ५, महालक्ष्मी स्वस्तिक बगैंचा मर्मत तथा पुनर्निर्माण गरी व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । शताब्दी पुरुष सत्यमोहन जोशीको प्रेरणाले महालक्ष्मी स्वस्तिक बगैंचा मर्मत तथा पुनर्निर्माण सम्पन्‍न गरी व्यवस्थापन समितिलाई हस्तारण गरेको बैंकले जनाएको छ ।
ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरी बगैँचा व्यवस्थापन समिति अध्यक्ष आत्माराम कोइरालालाई हस्तान्तरण गरे । महालक्ष्मी मन्दिर परिसरको प्राकृतिक सौन्दर्यलाई अभिवृद्धि गर्नुका साथै मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरुलाई स्वच्छ तथा शान्त वातारणको अनुभूति गराउने उद्देश्यले बैंकले बगैँचा मर्मत तथा पुनर्निर्माण गरिएको बैंकका अध्यक्ष राजेश उपाध्यायले बताए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK