×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४४ अर्ब अमेरिकी डलर खर्चेपछि एलन मस्क बने ट्विटरको मालिक, पहिलो दिन नै सीईओ अग्रवालसहित कर्मचारी बर्खास्त

PRIME CA

४४ अर्ब अमेरिकी डलर खर्चेपछि एलन मस्क बने ट्विटरको मालिक, पहिलो दिन नै सीईओ अग्रवालसहित कर्मचारी बर्खास्त

११ कार्तिक २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका सिइओ तथा विश्वकै धनाढ्य व्यक्ति एलन मस्कले सोसल मिडिया कम्पनी ट्विटरको स्वामित्व लिएका छन् ।

बिहीबारमात्रै मस्क ट्वीटरको केन्द्रीय कार्यालयमा प्रवेश गरेका थिए । त्यसलगत्तै ट्वीटरका सीईओ पराग अग्रवाल, चिफ फाइनान्सियल अफिसर नेड सेगल, लिगल एन्ड पोलिसी एक्जुकेटिभ विजय गाडे र सल्लाहकार सिन एजेड बाहिरिएको अमेरिकी समाचार संस्था ‘द न्युयोर्क टाइम्स’ले जनाएको छ ।

ट्विटरको स्वामित्व लिएसँगै मस्कले ट्विटरमै लेखेका छन्– ‘चरो अव स्वतन्त्र भयो ।’ मस्कले यसअघि ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किन्ने सम्झौता गरेका थिए । तर, त्यसपछि उनी सम्झौताबाट पछि हटेका थिए ।

मस्कलाई अदालतले अक्टोबर २२ सम्म सम्झौता कार्यान्वयन गर्न सीमा तोकेको भए पनि मस्कले दुईदिन अघि नै ट्विटरको स्वामित्व लिएका हुन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: