काठमाडौँ । बरुण हाइड्रोपावरले ३ लाख ५५ हजार ६० कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । हाइड्रोपावरले आज सोमबार कात्तिक १४ गतेदेखि उक्त परिमाणको सेयर लिलामी खुला गर्ने भएको हो । हाइड्रोपावरले भदौ ६ गतेदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
कम्पनीले २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा २३ लाख २४ हजार १५ कित्ताका लागि मात्र आवेदन परेको थियो । त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो ।
उक्त सेयरमा लगानीकर्ताले आज कार्यालय समयपछि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिन सक्नेछन् । सेयर लिलामी भर्ने अन्तिम म्याद कात्तिक २१ गतेसम्म तोकिएको छ भने यसमा न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैकिङ लिमिटेड टेकु, काठमाडौंबाट आवेदन दिन सकिनेछ । यसैगरी, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका शाखा कार्यालयहरु वीरगञ्ज, जनकपुर, नारायणगढ, बाग्लुङ्ग, बुटबल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, विर्तामोड,हेटौडा,तुलसीपुर, महेन्द्रनगर विराटनगर र पोखराबाट पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्