×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार बढ्यो सेयर बजार, १ अर्ब ४६ करोडमाथिको कारोबार हुँदा नेप्से १९३८.३० बिन्दुमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बुधबार बढ्यो सेयर बजार, १ अर्ब ४६ करोडमाथिको कारोबार हुँदा नेप्से १९३८.३० बिन्दुमा

Artha Sarokar

१६ कार्तिक २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बुधबार नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ७.३२ अंकले बढेर १९३८.३० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२७ कम्पनीको ४३ लाख ४६ हजार ७ सय ८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ७ करोड ८५ लाख ६० हजार २ सय १४ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी बुधबारको सेयर बजारमा कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ८ प्रतिशत भन्दा धेरै हो । यस अलावा  कर्णाली डेभलपमेन्ट बैंक, जोशी हाइड्रोपावर, मानुषी लघुवित्त वित्तिय संस्था, ग्रिनलाइफ हाइड्रोपावर, दिब्यश्वरी हाइड्रोपावर र अपर हेवा खोला हाइड्रोपावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ७ करोड ८५ लाख ६० हजार २ सय १४ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा नबिल बैंक लिमिटेड, रिडी पावर कम्पनी, गोर्खाज फाइनान्स, नेपाल दूरसंचार कम्पनी र गरिमा विकास बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा सबैको लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ३ प्रतिशत भन्दा धेरैले घटेको हो । सबैको लघुवित्तको सेयरमा यस्तो गिरावट आउँदा महुली लघुवित्त वित्तिय संस्था, माउनटेन हाइड्रो नेपाल, तारागाउँ रिजेन्सी होटल र नबिल ब्यालेन्स फण्ड- २मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी