×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महानगरपालिकाद्धारा कृषकहरुलाई ट्याक्टर हस्तान्तरण, आधुनिकीकरण र यान्त्रिकीकरणमा सहयोग गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

महानगरपालिकाद्धारा कृषकहरुलाई ट्याक्टर हस्तान्तरण, आधुनिकीकरण र यान्त्रिकीकरणमा सहयोग गर्ने

Artha Sarokar

१५ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

चितवन । भरतपुर महानगरपालिकाले कृषकहरुलाई अनुदानमा ट्याक्टर वितरण गरेको छ । महानगरले कृषिको क्षेत्रमा आधुनिकीकरण र यान्त्रिकीकरणमा सहयोग पुर्याउन ५० प्रतिशत अनुदानमा ट्याक्टर उपलब्ध गराएको हो । महानगरले सोमबार छ वटा ट्याक्टर र एउटा हाते ट्याक्टर किसानलाई वितरण गरेको छ । महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले एक कार्यक्रमकाबीच किसानहरुलाई सामग्री हस्तान्तरण गर्नु भएको हो ।
महानगरमा परेका ४३ वटा आवेदनबाट छनोट गरेर १३ वटा फार्मलाई मागअनुसारको उपकरणमा सहयोग गरिएको हो । महानगर प्रमुख दाहालले महानगरपालिले कृषिलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताउनुभयो । कृषि क्षेत्रको विकासका लागि यान्त्रिकीकरण र आधुनिकीकरणमा आफूहरुले जोड दिएको उल्लेख गर्दै दाहालले कृषिमा लागत घटाएर उत्पादन बढाउन निरन्तर खटिएको बताउनुभयो । महानगरमा पशुपालनमा पनि उच्च सम्भावना रहेकाले यो क्षेत्रमा लाग्ने किसानलाई हौसला प्रदान गर्न दूधमा प्रतिलिटर रु तीन अनुदान दिन थालिएको दाहालको भनाइ थियो ।
कार्यक्रममा महानगर उपप्रमुख ठकुरीले किसानलाई कृषि पेशाबाटै सबल बनाउने उद्देश्यसहित कृषि उपकरण वितरण गरिएको बताउनुभयो । कृषि प्रधान देशमा किसानहरु निराश बनेको र युवा पलायन हुने स्थिति आएकाले अब युवालाई यही कृषि कर्ममा सरिक बनाउन आफूहरु लागेको उहाँको भनाइ थियो । प्रति ट्याक्टर १६ लाख ५२ हजार लागत मूल्य रहेको र महानगले ८ लाख अनुदान सहयोग गरेको महानगरको कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले बताउनुभयो । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी