×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आम्दानीमा आकर्षक बढोत्तरी गरेको नेशनल हाइड्रोपावरको नाफामा ९८ प्रतिशतले गिरावट, ईपीएस पनि घट्यो

PRIME CA

आम्दानीमा आकर्षक बढोत्तरी गरेको नेशनल हाइड्रोपावरको नाफामा ९८ प्रतिशतले गिरावट, ईपीएस पनि घट्यो

२७ कार्तिक २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको आम्दानीमा उल्लेख्य वृद्धि गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै गत वर्षको तुलनामा यसवर्ष आम्दानीमा उल्लेख्य वृद्धि भएको जनाएको हो । कम्पनीले यसवर्ष विद्युत् बिक्रीमार्फत ६ करोड ३६ लाख २८ हजार रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको थियो । जुन यसवर्षको आम्दानीभन्दा ३६८.६८ प्रतिशतले कम हो ।

कम्पनीको चालु आर्थिक वर्षको फस्ट क्वाटरमा विद्युत बिक्री आम्दानी उल्लेख्य बढेपनि खुद नाफामा भने ९८.८४ प्रतिशत गिरावट आएको छ । समिक्षा अवधिमा कम्पनीको यस्तो नाफा घटेर ६८ लाख १८ हजार रुपैयाँमा सीमित भएको छ । कम्पनीको वित्तीय खर्च बढ्दा नाफामा दबाब परेको कम्पनीको प्रक्षेपण रहेको छ ।

नाफासँगै कम्पनीको प्रतिशेयर (ईपीएस)आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४० रुपैयाँ ७३ पैसा घटेर १ रुपैयाँ ६६ पैसामा सीमित भएको छ । त्यस्तै कम्पनीको कम्पनीको मूल्य आम्दानी अनुपात ९७.९१ प्रतिशत रहेको छ भने प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ ३६ पैसा रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: