×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्दाकिनी हाइड्रोपावरको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक, कस्तो छ वित्तिय अवस्था ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मन्दाकिनी हाइड्रोपावरको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक, कस्तो छ वित्तिय अवस्था ?

Artha Sarokar

२ मंसिर २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । हाइड्रोपावरले पहिलो त्रैमासमा १ करोड ७ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ६३.१० प्रतिशत कम हो ।

कम्पनीले गत वर्ष  २ करोड ९० लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधिसम्म डाइरेक्ट इन्कम ११ करोड ३६ लाख रुपैयाँबाट घटेर ३ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ । जसका कारण नाफा प्रभावित बनेको हो ।

असोज मसान्तसम्ममा कम्पनीको अन्य आम्दानी १ करोड १२ लाख रुपैयाँ पुगेको छ । मन्दाकिनीको चुक्ता पुँजी ५८ करोड ८० लाख ३६ हजार रुपैयाँ रहको छ भने जगेडा कोषमा ४ करोड ८२ लाख ४७ हजार रुपैयाँ जम्मा भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ २८ पैसा र नेटवर्थ १०८ रुपैयाँ २० पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी