×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार घट्यो सेयर बजार, १ अर्ब ६७ करोडमाथिको कारोबार हुँदा नेप्से १९३८.७६ बिन्दुमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सोमबार घट्यो सेयर बजार, १ अर्ब ६७ करोडमाथिको कारोबार हुँदा नेप्से १९३८.७६ बिन्दुमा

Artha Sarokar

१९ मंसिर २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक २४.४६ अंकले घटेर १९३८.७६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २४० कम्पनीको ४१ लाख २७ हजार २ सय ८६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ६७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार रिडी पावर कम्पनीको भएको छ । यस कम्पनीको ३० करोड ८३ लाख ५७ हजार ४४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी सोमबारको सेयर बजारमा सयपत्री हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ३ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा एनआइसी एशिया सेलेक्ट फण्ड ३०, ग्लोबल आइएमइ ब्यालेन्स फण्ड-१, नारायणी डेभलपमेन्ट बैंक, १०.२५% केबिएल डेबेन्चर २०८६ र १०% नेपाल एसबिआइ बैंक डेबेञ्चर २०८६ का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार रिडी पावर कम्पनीको भएको छ । यस कम्पनीको ३० करोड ८३ लाख ५७ हजार ४४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा शिवम् सिमेन्ट, नबिल बैंक लिमिटेड, हिमालयन डिष्ट्रिलरी लिमिटेड, नेस्डो सम्बृद्ध लघुवित्त वित्तिय संस्था र लाइफ इन्स्योरेन्स कर्पोरेशनको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा अजोड इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ७ प्रतिशत भन्दा धेरैले घटेको हो । अजोडमा यस्तो गिरावट आउँदा सिटिजन्स म्युचुअल फण्ड-१, ओरियन्टल होटल लिमिटेड, युनाइटेड इन्स्योरेन्स, लिबर्टी इनर्जी कम्पनी र माउनटेन हाइड्रो नेपालमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी