काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १४.२२ अंकले बढेर १८७३.११ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २५७ कम्पनीको ३० लाख २२ हजार ५२ कित्ता सेयर खरिद बिक्री हुँदा ९३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल दूरसंचार कम्पनीको भएको छ । यस कम्पनीको ६ करोड ३८ लाख ३७ हजार २ सय १८ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी मंगलबारको सेयर बजारमा आधिखोला लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा सृजनशील लघुवित्त वित्तिय संस्था, धौलगिरी लघुवित्त वित्तिय संस्था, सीवाईसी नेपाल लघुवित्त वित्तिय संस्था, मन्दाकिनी हाइड्रोपावर र नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नेपाल दूरसंचार कम्पनीको भएको छ । यस कम्पनीको ६ करोड ३८ लाख ३७ हजार २ सय १८ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा सिभिल बैंक लिमिटेड, हिमालयन डिष्ट्रिलरी लिमिटेड, नबिल बैंक लिमिटेड, फरवार्ड माइक्रोफाइनान्स र शिवम् सिमेन्टको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा सनराइज ब्लुचिप फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा धेरैले घटेको हो । सनराइजको सेयरमा यस्तो गिरावट आउँदा गरिमा डेबेञ्चर २०८५, फरवार्ड माइक्रोफाइनान्स, लिबर्टी इनर्जी, माहालक्ष्मी विकास बैंक र रिलायन्स फाइनान्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्