काठमाडौं । नयाँ सरकार गठनसंगै नेप्सेमा लगातार उछाल आएको छ । सरकार गठनको पहिलो दिन ५६.८८ अंकले बढेको नेप्से मंगलबार ५९.८७ अंकले बढेको हो । योसंगै नयाँ सरकार गठनपछिको दुईदिनमा नेप्से ११७ अंकले बढेर १९८३.९५ बिन्दुमा पुगेको छ । पछिल्लो दुईदिनमा आकर्षक बढोत्तरी सहित सेयर बजारमा रौनकता देखिएसंगै लगानीकर्ताहरु उत्साहित बनेका छन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २६१ कम्पनीको १ करोड २० लाख २९ हजार ६ सय ३ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ८८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार लक्ष्मी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको २० करोड ९४ लाख ९० हजार ५ सय ९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी मंगलबारको सेयर बजारमा सिद्धार्थ इन्स्योरेन्सका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा मल्टिपर्पोज फाइनान्स कम्पनी, अजोड इन्स्योरेन्स, सृजनशील लघुवित्त वित्तिय संस्था, धौलागिरी लघुवित्त वित्तिय संस्था र कालिका पावर कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार लक्ष्मी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको २० करोड ९४ लाख ९० हजार ५ सय ९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेपाल दूरसंचार कम्पनी, हिमालयन डिष्ट्रिलरी लिमिटेड, नबिल बैंक, एनआइसी एशिया बैंक, अपि पावर कम्पनी र शिवम् सिमेन्टको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा आधिखोला लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य २ प्रतिशत भन्दा धेरैले घटेको हो । आधिखोलाको सेयरमा यस्तो गिरावट आउँदा मिर्मिरे लघुवित्त वित्तिय संस्था, १०.५ % नेपाल इन्भेस्टमेन्ट डेबेञ्चर २०८२, नबिल ब्यालेन्स फण्ड-२, सीवाईसी नेपाल लघुवित्त र गरिमा देबेञ्चर २०८५ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्