Skip to content
LAXMI SUNRISE BANK

तिहारलगत्तै चलचित्र छायाङ्कनको अनुमति दिन आग्रह, अध्यक्ष भन्छन् ‘सरकारले हाम्रो क्षेत्रलाई अपहेलना गर्यो’ (भिडियो)

अर्थ सरोकार

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । नेपाल चलचित्र निर्माता संघले तिहारलगत्तै चलचित्र छायांकनका लागि अनुमति दिन सरकारलाई आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेपनि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर काम गर्ने भन्दै संघले छायांकन र हल खोल्ने अनुमति दिन माग गरेको हो । लक डाउन खुलेसँगै अन्य क्षेत्रहरु खुला गरेको सरकारले चलचित्र क्षेत्र अहिलेसम्म सञ्चालनको अनुमति नदिएर अपहेलना गरेको संघका अध्यक्ष आकाश अधिकारीले बताउनुभयो । 
सरकारले चलचित्र क्षेत्रलाई नाच्ने गाउने र मनोरञ्जनको क्षेत्रका रुपमा मात्रै सोचेको महशुस आफुहरुलाई भएको उहाँले बताउनुभयो । चलचित्र क्षेत्र मनोरञ्जनसँगै कला, संस्कृति, भेषभूषाको समिश्रण भएको उल्लेख गर्दै उहाँले यस्तो महत्वपूर्ण क्षेत्रलाई राज्यले अपहेलना गरेको बताउनुभयो । अहिले चलचत्रि क्षेत्र बन्द हुँदा प्रत्यक्ष रुपमा ३५ हजार र यसक्षेत्रमा आश्रीत १ लाख ७५ हजार बढी व्यक्ति बेरोजगार बसेको उहाँले बताउनुभयो । धेरै समयमा उद्योग बन्द हुँदा प्राविधिक र दक्ष जनशक्ति पलाउन हुने खतरा भएकाले यसतर्फ पनि ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।
अहिले लक डाउन खुकुलो भएपनि धेरै क्षेत्रहरु बन्द रहेका छन् । विशेषगरी बढी भिडभाड हुने क्षेत्रहरु विद्यालय, मठ मन्दिर, चलचित्र क्षेत्रहरु लगायत बन्द छन् । पछिल्लो समयमा काठमाडौं उपत्यकामा संक्रमणको दर पनि बढीरहेको छ । नेपालमा २ लाख बढीमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । हेर्नुहोस् भिडियो :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK