काठमाडौं । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ५६.८८ अंकले बढेर २०२९.०३ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २५७ कम्पनीको ८० लाख २४ हजार ५ सय ५९ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ८६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यस कम्पनीको १२ करोड १४ लाख ७१ हजार ५ सय ३३ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी बिहीबारको सेयर बजारमा हिमालय उर्जा विकास कम्पनीका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा सानिमा लाइफ इन्स्योरेन्स, श्रीजनशिल लघुवित्त वित्तिय संस्था, धौलागिरी लघुवित्त वित्तिय संस्था, अजोड इन्स्योरेन्स लिमिटेड, प्रभु लाइफ इन्स्योरेन्स र स्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रकशनका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यस कम्पनीको १२ करोड १४ लाख ७१ हजार ५ सय ३३ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेपाल दूरसंचार कम्पनी, रिडी पावर कम्पनी, एनआइसी एशिया बैंक, नबिल बैंक र शिवम् सिमेन्टको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा ८.५ % नेपाल बैंक डेबेञ्चर २०८७ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा धेरैले घटेको हो । ८.५ % नेपाल बैंक डेबेञ्चरको सेयरमा यस्तो गिरावट आउँदा एनएमबि ५०, एनआइबिएल सम्वृद्धि फण्ड-२, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२, नबिल ब्यालेन्स फण्ड-२ र एभरेस्ट बैंक डेबेञ्चरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्