Skip to content
LAXMI SUNRISE BANK

पूर्व बैंकर रविनाको बुढेसकालमा लभ पर्यो, बैंक छोडेको केही दिनमै सार्वजनिक गरिन् प्रेमी…

अर्थ सरोकार

काठमाडौं । पूर्व बैंकर रविना देशराज श्रेष्ठले प्रेमी सार्वजनिक गरेकी छिन् । मेगा बैंकको कामु सीईओबाट राजिनामा दिएको केही दिनमै श्रेष्ठले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नो प्रेमी सार्वजनिक गरेकी हुन् ।

‘३२ वर्षको बैंकिङ करियरबाट बाहिरिएपछि आफ्नो प्रेमीलाई चिनाउन पाउँदा खुसी लागेको छ’- उनले लेखेकी छिन् । त्यस्तै, श्रेष्ठले भेटेपछि कसरी माया बस्यो भन्ने कुरा व्यक्त गर्न नसक्ने भन्दै आगामी यात्राको लागि शुभकामना र आशिर्वाद दिन समेत अनुरोध गरेकी छिन् ।

श्रेष्ठले यसअघि मेगा बैंकको कामु सीईओबाट बाहिरिदै आफ्नो बैंकिङ करियरबाट नै राजिनामा दिएको घोषणा गरेकी थिइन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK