काठमाडौं । सेयर गुरु सुवासचन्द्र भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका बुवा नारायण प्रसाद भट्टराईको पुस ९ गते ८६ वर्षको उमेरमा निधन भएको हो ।
दमक ५ नारायणगोपाल टोल निवासी भट्टराई केही वर्षदेखि अस्वस्थ थिए । स्वर्गीय भट्टराई समाजसेवीका रुपमा समेत परिचित छन् ।
स्व.भट्टराईको शुक्रबार विभिन्न संघसंस्थाद्धारा समवेदना समेत प्रकट गरिएको छ । यसैबीच स्व.भट्टराईको सातौ पुण्य तिथिमा अर्थ सरोकार डटकमका सम्पादक सुरज प्याकुरेलले दमकमै पुगेर समवेदन प्रकट गरेका हुन् ।