काठमाडौं । साताको कारोबारको दोश्रो दिन नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १७.५६ अंकले बढेर २०६३.८३ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २५३ कम्पनीको ८२ लाख ७१ हजार ३ सय ५५ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ९६ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको १६ करोड ८४ लाख ५१ हजार २ सय ८२ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी सोमबारको सेयर बजारमा धौलागिरी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा श्रीजनशिल लघुवित्त वित्तिय संस्था, खप्तड लघुवित्त वित्तिय संस्था, अजोड इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, युनाईटेड आइडिआइ मार्दी आरबि हाइड्रोपावर र दोर्दी खोला जलविद्युत कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको १६ करोड ८४ लाख ५१ हजार २ सय ८२ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिष्ट्रिलरी, एनआइसी एशिया बैंक, नेपाल दूरसंचार कम्पनी, युनिभर्सल पावर कम्पनी र सिभिल बैंक लिमिटेडको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा एनएमबि ५० का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा धेरैले घटेको हो । एनएमबि ५०को सेयरमा यस्तो गिरावट आउँदा नेपाल दूरसंचार कम्पनी, १०.५% नेपाल इन्भेस्टमेन्ट डेबेञ्चर २०८२, ८.५% नेपाल बैंक डेबेञ्चर २०८७, तेर्हथुम पावर कम्पनी र हिमालयन बैंक लिमिटेडमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्