×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘चालुपूँजी निर्देशिकामा राष्ट्र बैंकले अस्वभाविक लचकता नअपनाओस्, ऋणको दुरुपयोगलाई वैधता नदेओस्’ 

PRIME CA

‘चालुपूँजी निर्देशिकामा राष्ट्र बैंकले अस्वभाविक लचकता नअपनाओस्, ऋणको दुरुपयोगलाई वैधता नदेओस्’ 

२० पुष २०७९, बुधबार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौँ । चालुपूँजी कर्जाका नाममा व्यापारीले बर्षौंदेखि ऋणको दुरुपयोग गरिरहेका छन् । एउटा शीर्षकमा ऋण लिएर सो ऋणलाई अर्को काममा प्रयोग गर्नेहरुमा लगभग सबैजसो ठुला व्यापारी छन् । अझ उद्योग व्यवसायका लागि भनेर लिएको ऋण, घरजग्गा, वा सेयर बजारमा लगाउनेहरु त कति छन् कति ? उद्योगकै नाममा भनेर ऋण लिई त्यसलाई अन्यत्र प्रयोग गर्दा ऋणको ठुलो जोखिम हुने नै भयो । व्यापारीहरुले गरिरहेको यहि बदमासी रोक्न राष्ट्र बैंकले चालुपूँजी कर्जा निर्देशिका ल्यायो, जसमा सहि तरिकाले बिजनेश गर्नेलाई खासै गाह्रो केहि पनि छैन । केहि व्यवहारिक अफ्ट्याराहरु नभएका होइनन्, तर त्यसलाई मूलमर्म नमर्ने गरी ‘करेक्सन’ गर्न सकिने ठाउँ प्रशस्तै छ ।
तर नयाँ सरकार आएसँगै व्यापारीले मन्त्रीलाई भेटेर कन्भिन्स गरे । आफुलाई चुनावमा सहयोग गरेका व्यापारी-व्यवसायीहरुलाई पौडेलले नुनको सोझो गर्ने नै भए । त्यसमाथि पनि पौडेल यसपाली पपुलर अर्थमन्त्री हुन चाहान्छन् । उनकै पालामा नेपालको सेयर बजारको ‘अल टाइम हाई’ चुमेका कारण उनी सेयर लगानीकर्तामाझ लोकप्रिय छन् । यस्तै प्रिय उनी व्यवसायीका लागि पनि हुन चाहान्छन् । र त व्यवसायीका समस्या समाधानका लागि भन्दै उनले मन्त्री भएकै भोलिपल्ट व्यवसायीहरुलाई वार्तामा डाके । गभर्नरलाई पनि बोलाएर उनले व्यवसायीका समस्याहरु समाधान गर्न आवश्यक निर्देशन दिए ।
जनार्दन शर्मा अर्थमन्त्री हुँदा आफ्नो नीतिमा खासै टसमस नहुने राष्ट्र बैंक विष्णु पौडेलको सक्रियतापछि आफैं सक्रिय भयो । र मन्त्रीकै निर्देशनमा राष्ट्र बैंक आफैँले सार्है मेहेनत र अध्ययन गरेर ल्याएको चालुपूँजी कर्जा निर्देशिका ‘रिसेड्युल’ गर्ने तयारीमा छ ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालुपूँजी कर्जा निर्देशिकामा लचकता अपनाउने संकेत गरिसकेका छन् । यसका लागि उनले विभिन्न व्यापारिक संगठनका नेताहरुलाई बोलाएर छलफल भईसकेको छ । व्यापारीहरुले पनि राष्ट्र बैंक आफ्नो विषयमा ‘कन्भिन्स’ गरिसकेको दाबी गरिरहेका छन् । ‘मन्त्री त आफ्नै त हो नि’ भन्ने शैलीमा उनीहरुले मन्त्रीमार्फत राष्ट्र बैंकको काम गरिरहेको ब्रिफिङ आफ्ना साथीभाईहरुलाई गरिरहेका छन् । सरकारको चर्को दबाबपछि राष्ट्र बैंक पनि चालुपूँजी निर्देशिकाका विभिन्न बुँदाहरुमा केहि संसोधन गर्न समेत तयार भएको छ ।
व्यापारीहरुका अनुसार, यो नीति नयाँलाई तत्काल लागु गराउने र पूरानाको हकमा करिब २ बर्षको समय दिने भनिएको छ । व्यापारीहरुलाई थाहा छ – ‘दुई बर्षपछि गभर्नर नै फेरिन्छन्, अर्को गभर्नरलाई फेरी यो काम नगर्ने मन्त्रीको पावर लगाइन्छ ।’ अर्को पक्ष भनेको यो नीति तत्काल लागु गर्दा धेरै व्यापारीहरु समस्यामा पर्छन् । व्यापारीहरुले आफु समस्यामा परे सरकारलाई असहयोग गर्ने घुमाउरो धम्की मन्त्रीलाई दिईसकेका छन् र मन्त्री विष्णु पौडेल यहि कारण तर्सिएका छन् ।
हुन पनि व्यवसायीहरुले भनेजस्तै २ बर्षपछि फेरी गभर्नर फेरिनेछन् । अर्थमन्त्री जो आउँछ, व्यवसायीले नै चुनावमा सहयोग गरेको आउने नै भए । त्यसपछि चालुपूँजी कर्जा पुन: कार्यान्वयनमा आउने छैन । ऋणको चरम दुरुपयोग भएको राष्ट्र बैंक फेरी पनि टुलुटुलु हेरेर बस्नेछ । जनताको अरवौं रुपैयाँ जोखिममा पर्दा राष्ट्र बैंकले राजनीतिक प्रेसरका भरमा गलत गर्ने व्यापारीकै सही थाप्दै गलत गरिरहेको छ । र त, राष्ट्र बैंक केहि माइनर विषयलाई ‘करेक्सन’ गर्दै चालुपूँजी कर्जा निर्देशिका अडिग हुन जरुरी छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: