×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, ३ अर्ब ५० करोडमाथिको कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बुधबार दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, ३ अर्ब ५० करोडमाथिको कारोबार

Artha Sarokar

२० पुष २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको चौथो दिन नेप्से दोहोरो अंकले बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ६४.८७ अंकले बढेर २१२५.९४ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २५८ कम्पनीको ८७ लाख ३३ हजार ५ सय ४२ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ५० करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यस कम्पनीको ११ करोड ५२ लाख ७४ हजार ९ सय २८ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी बुधबारको सेयर बजारमा साल्ट ट्रेडिङ कर्पोरशनका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा हिमालयन डिष्ट्रिलरी लिमिटेड, कालिका लघुवित्त वित्तिय संस्था, मिर्मिरे लघुवित्त वित्तिय संस्था, किसान लघुवित्त वित्तिय संस्था, नदिप लघुवित्त वित्तिय संस्था र पिपुल्स पावर लिमिटेडका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यस कम्पनीको ११ करोड ५२ लाख ७४ हजार ९ सय २८ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा सानिमा माई हाइड्रोपावर लिमिटेड, नेपाल दूरसंचार कम्पनी, नेपाल रिइन्स्योरेन्स कम्पनी, हिमाल दोलखा हाइड्रोपावर र शिवम् सिमेन्टको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा १०% नेपाल एसबिआइ बैंक देबेञ्चर २०८६ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १ प्रतिशत भन्दा धेरैले घटेको हो । १०% नेपाल एसबिआइ बैंक देबेञ्चर २०८६ को सेयरमा यस्तो गिरावट आउँदा सनराइज ब्लुचिप फण्ड, अजोड इन्स्योरेन्स, लक्ष्मी बैंक लिमिटेड, धौलगिरी लघुवित्त वित्तिय संस्था र सेन्चुरी देबेञ्चर २०८८मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी