×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५ अर्बको कारोबार सहित बजार बुलिस कन्फर्मेसन नजिक, बिहिबार पनि १८.०९ अंकले बढ्यो नेप्से !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

५ अर्बको कारोबार सहित बजार बुलिस कन्फर्मेसन नजिक, बिहिबार पनि १८.०९ अंकले बढ्यो नेप्से !

Artha Sarokar

२१ पुष २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नयाँ सरकार गठनपछि लगातार बढिरहेको सेयर बजारमा बिहीबार ५ अर्ब बढिको कारोबार भएको छ । योसँगै बजार बुलिस लयको कन्फर्मेसन नजिक पुगेको आंकलन गर्न थालिएको छ ।

बिहिबार नेप्से परिसूचक १८.०९ अंकले बढेर २१४३.९३ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २५९ कम्पनीको १ करोड २५ लाख ८१ हजार ९ सय ८२ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ४ करोडमाथिको सेयर कारोबार भएको हो । आज पनि सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यस कम्पनीको ४३ करोड १९ लाख ६६ हजार ९ सय ७४ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी बिहीबारको सेयर बजारमा चन्द्रागिरी हिल्स लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा बुद्धभूमि नेपाल हाइड्रोपावर, धौलागिरी लघुवित्त वित्तिय संस्था, खप्तड लघुवित्त वित्तिय संस्था, श्रीजनशिल लघुवित्त वित्तिय संस्था, बाराही हाइड्रोपावर र हिमालय उर्जा विकास कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहीबारको  सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यस कम्पनीको ४३ करोड १९ लाख ६६ हजार ९ सय ७४ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा रिडी पावर कम्पनी, हिमाल दोलखा हाइड्रोपावर, एनआइसी एशिया बैंक, नेपाल रिइन्स्योरेन्स कम्पनी र शिवम् सिमेन्टको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा सिटिजन्स म्युचुअल फण्ड-२ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा धेरैले घटेको हो । सिटिजन्स म्युचुअल फण्ड-२ को सेयरमा यस्तो गिरावट आउँदा मनकामना स्मार्ट लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, १०.२५ % नेपाल एसबिई बैंक देबेञ्चर २०८३, प्रभु इन्स्योरेन्स र शिवम् सिमेन्टमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी