×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार २०.६८ अंकले बढ्यो नेप्से परिसूचक, ५ अर्ब ४५ करोडमाथिको कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आइतबार २०.६८ अंकले बढ्यो नेप्से परिसूचक, ५ अर्ब ४५ करोडमाथिको कारोबार

Artha Sarokar

२४ पुष २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नयाँ सरकार गठनपछि लगातार बढिरहेको सेयर बजारमा आइतबार पनि ५ अर्ब बढिको कारोबार भएको छ । आइतबार नेप्से परिसूचक २०.६८ अंकले बढेर २१६४.६१ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २५९ कम्पनीको १ करोड ४१ लाख ९ सय ८८ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ४५ करोडमाथिको सेयर कारोबार भएको हो । आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यस कम्पनीको २१ करोड २९ लाख ५२ हजार ५ सय ११ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी आइतबारको सेयर बजारमा खप्तड लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा बाराही हाइड्रोपावर, ङ्गादि ग्रुप पावर, मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था, ग्लोबल आइएमइ सम्मुनत स्किम-१, प्रभु लाइफ इन्स्योरेन्स र आधिखोला लघुवित्त वित्तिय संस्थाका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यस कम्पनीको २१ करोड २९ लाख ५२ हजार ५ सय ११ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा शिवम् सिमेन्ट, रिडी पावर कम्पनी, ङ्गादि ग्रुप पावर, अपि पावर कम्पनी र अपर तामाकोशी हाइड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा धेरैले घटेको हो । बुद्धभुमि नेपालको सेयरमा यस्तो गिरावट आउँदा विन नेपाल लघुवित्त वित्तिय संस्था, श्रीजनशिल लघुवित्त वित्तिय संस्था, समित लघुवित्त वित्तिय संस्था, हिमालयन डिष्ट्रिलरी र सयपत्री हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी