×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार घट्यो सेयर बजार, ५ अर्ब ४७ करोडमाथिको कारोबार हुँदा नेप्से २१४९.३९ बिन्दुमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बिहिबार घट्यो सेयर बजार, ५ अर्ब ४७ करोडमाथिको कारोबार हुँदा नेप्से २१४९.३९ बिन्दुमा

Artha Sarokar

२८ पुष २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ४१.०४ अंकले घटेर २१४९.३९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २५२ कम्पनीको १ करोड ४४ लाख ८२ हजार ९ सय ५९ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ४७ करोडमाथिको सेयर कारोबार भएको हो । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको २२ करोड २० लाख १२ हजार १ सय ३१ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी बिहिबारको सेयर बजारमा कुमारी धनब्रिद्धि योजनाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा सिङ्गति हाइड्रो, बाराही हाइड्रोपावर, एनआइबिएल सम्वृद्धि फण्ड-२, मध्येभोटे कोशी जल विद्युत र आदर्श लघुवित्त वित्तिय संस्थाका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहिबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार  शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको २२ करोड २० लाख १२ हजार १ सय ३१ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा रिडी पावरकम्पनी, ङ्गादि ग्रुप पावर, अपि पावर कम्पनी, अपर तामाकोशी हाइड्रोपावर, एनआइसी एशिया बैंक र हिमालयन डिष्ट्रिलरीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बिहिबारको सेयर बजारमा गुराँस लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो । गुराँसको सेयरमा यस्तो गिरावट आउँदा कालिका पावर कम्पनी, बलेफी हाइड्रोपावर, स्वभलम्बन लघुवित्त, खप्तड लघुवित्त र हिमालयन एभरेस्ट इन्स्योरेन्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी