काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्र सुधारमा आशाका किरण देखिएको बताएका छन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् ।
तरलताको अभावका कारण मुलुकको आर्थिक अवस्था गम्भिर नै रहेको अध्यक्ष गोल्छाले बताए । ‘समग्र रुपमा अहिले पनि नेपालका नीजि क्षेत्र निराश नै छन्, तर उत्साहका किरण भने देख्न सकिन्छ’, अध्यक्ष गोल्छाले भने, ‘अहिलेको समस्या नीजि क्षेत्र र उद्योगी व्यवसायीको मात्रै नभएर समग्र देशकै समस्या हो, त्यसैले पनि ‘अर्थतन्त्र जोगाऔँ’ भन्ने नारा नै लिएर हामी अभियानमा छौँ ।’
त्यस्तै, गोल्छाले नयाँ सरकारको आगमनसँगै देशको अर्थतन्त्र सुधारमा खास अपेक्षा गर्न सकिने स्थिति सृजना भएको बताएका छन् ।
‘नयाँ सरकारको आगमनले केही आशाका किरण देखाएको छ, जसको उदाहरणका रुपमा पूँजी बजारमा देखिएको उत्साह र तरलतामा आएको सुधारलाई लिन सकिन्छ’, उनले भने, ‘अहिले उद्योग व्यवसाय पनि केही सुधारको बाटोमा छ र पर्यटन व्यवसाय पनि लयमा आउँदैछ । यसले पनि अब केही होला कि भन्ने आशा जगाएको छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्