×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

त्रिभुवन विश्वविद्यालयको मजाकः लिँदै नलिएको विषयमा फेल, परिक्षा नै नदिएको विषयमा अनुपस्थित देखाइयो… (प्रमाणसहित)

PRIME CA

त्रिभुवन विश्वविद्यालयको मजाकः लिँदै नलिएको विषयमा फेल, परिक्षा नै नदिएको विषयमा अनुपस्थित देखाइयो… (प्रमाणसहित)

३ माघ २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नतिजा आफैँमा संवेदनशिल विषय हो । नतिजाले विद्यार्थी पास वा फेल मात्रै देखाउँदैन, बरु विद्यार्थीको भविष्य निर्धारण गर्छ । तर, शिक्षा जस्तो संवेदनशील क्षेत्रमा पनि त्रिभुवन विश्वविद्यालयले भद्धा मजाक गरेको छ ।

पुस २ गते (सोमबार) त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिकशास्त्र संकाय तर्फ ३ वर्षे स्नातक तह तेस्रो वर्षको नतिजा सार्वजनिक गर्यो । तर, त्रिविले सार्वजनिक गरेको सो नतिजामा अधिकांश रिजल्टमा त्रुटी भेटिएको छ । त्रिविले सार्वजनिक गरेको रिजल्टमा आफुले लिँदै नलिएको विषयमा समेत अनुपस्थित देखाएको पाइएको हो ।

‘रिजल्ट आयो भन्ने समाचारले खुसी भएको मन एकैछिनमा निराशामा बदलियो’, एक विद्यार्थीले अर्थ सरोकारसँग भने, ‘रिजल्ट त आयो तर दिँदै नदिएको विषयमा अनुपस्थित देखाएर टियूले रिजल्ट नै बिगारिदियो ।’

टियूले रिजल्ट बिगारेको भन्दै अर्थ सरोकारको सम्पर्कमा आएक ती विद्यार्थीले मानविकी संकायतर्फको ‘पब्लिक रिलेसन, विज्ञापन र मिडिया इस्यु’ (३१४)को पूरक परिक्षा दिएका थिए । तर, टियूले सार्वजनिक गरेको नतिजामा उनलाई सामाजिकशास्त्र विषयमा अनुपस्थित देखाइएको छ । यतिसम्म कि उनले सो विषय लिएका समेत थिएनन् ।

‘रेगुलर परिक्षामा पब्लिक रिलेसन लागेको थियो, अरु सबैमा पास भएको थिएँ’, उनले भने, ‘अहिले लिँदै नलिएको विषयमा अनुपस्थित देखाएको छ । फर्म मै समावेश नगरेको विषयमा मलाई कसरी अब्सेन्ट देखायो आफै अचम्ममा छु ।’

यसो त टियूले रिजल्ट सार्वजनिक गर्नुपूर्व नै सूचना जारी गर्दै रिजल्टमा त्रुटी हुनसक्ने जनाएको छ । ‘परिक्षाफल सकेसम्म शुद्ध होस् भन्ने उद्धेश्य राखी प्रकाशित गरिएको छ तापनि छपाई तथा अन्य कुनै कारणबाट अशुद्ध देखिएमा यस कार्यालयको अभिलेखबाट सच्याइने व्यहोरा अवगत गराईन्छ ।’- टियूले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: