×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयनसँग विलय हुन लागेको सिभिल बैंकको नाफा २६ प्रतिशतले बढ्यो, समग्र पर्फमेन्समा आकर्षक सुधार

PRIME CA

हिमालयनसँग विलय हुन लागेको सिभिल बैंकको नाफा २६ प्रतिशतले बढ्यो, समग्र पर्फमेन्समा आकर्षक सुधार

७ माघ २०७९, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । हिमालयन बैंकसँग विलय हुन लागेको सिभिल बैंक लिमिटेडको नाफामा २६.३९ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले गतवर्षको तुलनामा नाफामा वृद्धि भएको जनाएको हो ।

सिभिल बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५० करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । तर, चालु आर्थिक वर्षमा बैंकको सो नाफामा २६.३९ प्रतिशतले वृद्धि हुँदै ६३ करोड ७० लाख रुपैयाँ कमाएको छ । समिक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा २५ करोड २२ लाख रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी पनि ५३.९० प्रतिशतले बढेको छ भने कुल सञ्चालन आम्दानीमा पनि ३७.४२ प्रतिशतले वृद्धि भएको छ ।

पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.६७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १ सय ३५ रुपैयाँ ९६ पैसा रहेको छ । समिक्षा अवधिसम्ममा बैंकको निक्षेपमा ०.२३ प्रतिशतले बढेको छ भने कर्जा १.२७ प्रतिशत बढेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: