काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक १.५४ अंकले बढेर २०९६.०८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २५८ कम्पनीको ५२ लाख ६ हजार ३ सय ७० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ९३ करोडमाथिको सेयर कारोबार भएको हो । आज सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ६ करोड ४४ लाख २४ हजार ६ सय ८२ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी आइतबारको सेयर बजारमा आदर्श लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा पोखरा फाइनान्स, सिद्धार्थ इक्वटि फण्ड, जानकी फाइनान्स र चिलिमे हाइड्रोपावर कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ६ करोड ४४ लाख २४ हजार ६ सय ८२ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा एनआइसी एशिया बैंक, नबिल बैंक लिमिटेड, चिलिमे हाइड्रोपावर र हिमालयन डिष्ट्रिलरीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा इस्टर्न हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । इस्टर्नको सेयरमा यस्तो गिरावट आउँदा १०.२५ % प्रभु बैंक डेबेञ्च २०८६, प्राइम लाइफ इन्स्योरेन्स, पाँचथर पावर र सयपत्री हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्