काठमाडौँ । डिजिटल वालेट ‘मोरु’को अध्यक्षमा चार्टड एकाउन्टेन्ट भुपेन्द्र भण्डारी पुन: नियुक्त भएका छन् । पे नेप प्रालिका नाममा नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त मोरुको अध्यक्षमा यसअघि पनि भण्डारी नै थिए ।
उनले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलबाट पद तथा गोपनियताको सपथसमेत लिएका छन् ।
पछिल्लो समय बजारमा आएका डिजिटल वालेटहरुमध्ये मोरुसमेत लोकप्रिय भईरहेको छ । दिनानुदिन प्रयोगकर्ता बढिरहेको मोरुले व्यवसायसमेत आक्रामक रुपमा विस्तार गरिरहेको छ ।