×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रारामा आन्तरिक पर्यटकको चहलपहल बढ्यो, दैनिक एक सय ५० जनासम्म आन्तरिक पर्यटकहरू आउने

PRIME CA

रारामा आन्तरिक पर्यटकको चहलपहल बढ्यो, दैनिक एक सय ५० जनासम्म आन्तरिक पर्यटकहरू आउने

२५ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
मुगु । मुगुको पर्यटकीय स्थलहरुमा अहिले आन्तरिक पर्यटकको चहलपहल बढेको छ । कोरोना कारणले सुनसान रहेको रारामा दसैँ–तिहारको बीचमा रारा घुम्न आउने आन्तरिक पर्यटकको संख्या वृद्धि भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।
कोरोना महामारीका कारणले करिब सात महिना सुनसान रहेको रारामा अहिले दैनिक एक सय ५० जनासम्म आन्तरिक पर्यटकहरू सडक र हवाईमार्गबाट आउने गरेको निकुञ्जका निमित्त संरक्षण अधिकृत पदम बुढाले बताए । रारा राष्ट्रिय निकुञ्जका अनुसार यस वर्षको असोज र कात्तिक महिनामा रारामा झन्डै तीन हजार आन्तरिक पर्यटक भित्रिए छन् । 
बिदा रारामा मनाउनेको संख्या वृद्धि भएका कारणले कर्णाली राजमार्गमा रहेका होटेल तथा अन्य व्यावसायिक चहलपहल पनि निकै बढेको नाग्ममा व्यवसायी नरेन्द्र रोकायाले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: