काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शाखा कार्यालय खोल्न खराब कर्जा पाँच प्रतिशत भन्दा कम हुनुपर्ने व्यवस्था हटाएको छ ।
नेपाल राष्ट्र बैंकले इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका लागि संशोधनसहितको एकीकृत निर्देशन २०७८ जारी गर्दै अब खराब कर्जा पाँच प्रतिशतभन्दा बढी भए पनि शाखा कार्यालय खोल्न दिने भएको हो ।
बैंक तथा वित्तीय संस्थाले वित्तीय अवस्थाको वास्तविक रिपोर्टिङ गरुन् भन्ने उद्धेश्यले व्यवस्था संशोधन गरेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताएका छन् ।