काठमाडौं । मायाका भावनाहरु साटासाट गर्ने दिनका रुपमा लोकप्रिय बनेको ‘१४ फेब्रुअरी’ अर्थात प्रणय दिवस (भ्यालेन्टाइन डे)मा एनआईसी एशियाले ‘सेलिब्रेट लभ विथ एनआईसी एशिया बैंक’ योजना ल्याएको छ । विभिन्न पर्व, उत्सव तथा समयानुकुल ग्राहक लक्षित विभिन्न योजना ल्याईरहने एनआईसी एशिया बैंकले यसपटक भ्यालेन्टाइन डे स्पेशल ‘सेलिब्रेट लभ विथ एनआईसी एशिया बैंक’ योजना सार्वजनिक गरेको हो ।
बैंकको ‘सेलिब्रेट लभ विथ एनआईसी एशिया बैंक’ योजना विशेष गरी एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एप एवम् डेबिट वा क्रेडिट कार्डबाट पहिलोपटक भुक्तानी गर्ने ग्राहकहरुलाई लक्षित गरेर ल्याइएको बैंकले जनाएको छ ।
बैंकले सार्वजनिक गरेको सो योजना माग २८ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन हुनेछ । सो योजना अन्तर्गत एनआईसी एशिया बैंकको मोबाइल एप तथा डेबिट/क्रेडिट कार्डबाट विभिन्न मर्चेन्टहरुमा सो बैंकद्धारा राखिएको क्युआर कोड तथा पिओएस मेसिनमा पहिलोपटक कारोबार गर्ने ग्राहकहरुलाई १४ प्रतिशत वा अधिकतम दुई सयसम्म क्यासब्याकको अफर रहेको छ । योसँगै यसरी कारोबार गर्नेमध्ये २० जना भाग्यशाली ग्राहकलाई ‘भ्यालेन्टाइन डे’ (१४ फेब्रुअरी)को दिन तारे होटलमा आफ्नो साथीसँग डिनरको अवसर समेत मिल्नेछ ।
यसरी भाग्याशाली २० जनामा पर्नेहरु उपत्यका बाहिर भएमा ग्राहकलाई सहज हुनेगरी नजिकैको तारे वा सो सरहको होटलमा आकर्षक डिनरको व्यवस्था मिलाइने बैंकले जनाएको छ । बैंकका अनुसार उक्त योजनामा मोबाइल बैंकिङ एपमार्फत गरिने वालेट लोड, खातामा रकमान्तरलाई मान्य दिइने छैन ।
डिजिटल कारोबारलाई प्रोत्साहन दिने गरी बैंकले विभिन्न समयमा ल्याउने योजनाहरुमध्ये यो पनि एक भएको बैंकले जनाएको छ । यसले ग्राहकहरुलाई भौतिक कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ ।