काठमाडौं । कर्जा सूचना केन्द्रमा कालोसूचीमा परेको व्यक्तिले बैंक खाता खोल्न पनि नपाउने भएको छ । बैंक तथा वित्तीय संस्थाका लागि एकीकृत निर्देशिका जारी गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट कालोसूचीमा परेको व्यक्तिले कुनै पनि बैंकमा निक्षेप खाता खोलेर रकम जम्मा गर्न नपाउने व्यवस्था गरेको हो ।
योसँगै अब बैंक तथा वित्तीय संस्थामा निक्षेप खाता खोल्नुअघि सम्बन्धित व्यक्ति कालोसूचीमा परे÷नपरेको जानकारी कर्जा सूचना केन्द्रबाट यकिन गर्नुपर्नेछ । यसरी कर्जा सूचना केन्द्रबाट सूचना लिँदा लाग्ने कुनै पनि शुल्क ग्राहकबाट लिन पाइने छैन ।
‘इजाजतप्राप्त संस्थाले कुनै पनि खाता खोल्नुपूर्व कर्जा सूचना केन्द्रको विवरण अनुसार निक्षेपकर्ता कालोसूचीमा नरहेको यकिन गरेर मात्र खाता खोल्नुपर्नेछ । यसवापत संस्थाले ग्राहकसँग कुनै शुल्क लिन पाउने छैन ।’- निर्देशिकामा भनिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्