×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार २१.१५ अंकले घट्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बिहिबार २१.१५ अंकले घट्यो नेप्से परिसूचक

Artha Sarokar

४ फाल्गुन २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार पनि सेयर बजार घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक २१.१५ अंकले घटेर २०७०.४१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २५६ कम्पनीको ४७ लाख ४७ हजार ५ सय ६७ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ६८ करोडमाथिको सेयर कारोबार भएको हो । बिहिबार सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको ५ करोड ३८ लाख २७ हजार ५ सय ४९ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी बिहीबारको सेयर बजारमा सानिमा लार्ज क्याप फण्डका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ७ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा राप्ती हाइड्रो एण्ड जेनेरल, प्रभु सेलेक्ट फण्ड, सबैको लघुवित्त वित्तिय संस्था, इमर्जिङ्ग नेपाल र सिटिजन्स म्युचुअल फण्ड-२का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको ५ करोड ३८ लाख २७ हजार ५ सय ४९ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा अपि पावर, ङ्गादि ग्रुप पावर,महिला लघुवित्त वित्तिय संस्था, नबिल बैंक र एनआइसी एशिया बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा युनिलिभर नेपाल लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । युनिलिभर नेपालको सेयरमा यस्तो गिरावट आउँदा सिटिजन्स म्युचुअल फण्ड-१, सपोर्ट माइक्रोफाइनान्स, सिनर्जी पावर र धौलागिरी लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी