काठमाडौं । सोमबार सेयर बजार घटेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक २३.६० अंकले घटेर २०४६.८१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २५८ कम्पनीको ६० लाख ९१ हजार ३ सय ५३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ९४ करोडमाथिको सेयर कारोबार भएको हो । सोमबार सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको २० करोड ८२ लाख ५६ हजार ७ सय ४० रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी सोमबारको सेयर बजारमा राप्ती हाइड्रो एण्ड जेनेरल कन्स्ट्रकशनका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा दोर्दी खोला जल विद्युत, एनएमबि हाइब्रिड फण्ड एल-१, कालिका पावर कम्पनी, एनएमबि ५० र ११ % एनआइसी एशिया डेबेञ्चरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको २० करोड ८२ लाख ५६ हजार ७ सय ४० रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा साल्ट ट्रेडिङ, जिबन विकास लघुवित्त, एनआइसी एशिया बैंक, सानिमा बैंक लिमिटेड र ङ्गादि ग्रुप पावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा जीवन विकास लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो । जीवन विकासको सेयरमा यस्तो गिरावट आउँदा उपकार लघुवित्त वित्तिय संस्था, हिमालयन डिष्ट्रिलरी, विन नेपाल लघुवित्त वित्तिय संस्था र समिट लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्