×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार ३३.५७ अंकले बढ्यो नेप्से परिसूचक, १ अर्ब ८० करोडमाथिको कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बुधबार ३३.५७ अंकले बढ्यो नेप्से परिसूचक, १ अर्ब ८० करोडमाथिको कारोबार

Artha Sarokar

१० फाल्गुन २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बुधबार सेयर बजार बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ३३.५७ अंकले बढेर २०८०.३८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २६८ कम्पनीको ४७ लाख ७९ हजार ७ सय ९६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ८० करोडमाथिको सेयर कारोबार भएको हो । बुधबार सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको १३ करोड २७ लाख ७५ हजार ८ सय ६६ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी बुधबारको सेयर बजारमा लिबर्टी एनेर्जी कम्पनीका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ९ प्रतिशत भन्दा बढी हो । यस अलावा छ्याँग्दी हाइड्रोपावर, दोर्दी खोला जल विद्युत कम्पनी, पिपुल्स पावर, रिभर फल्स र बरुण हाइड्रोपावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको १३ करोड २७ लाख ७५ हजार ८ सय ६६ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा जीबन विकास लघुवित्त, ग्लोबल आइएमइ बैंक, एनआइसी एशिया बैंक, ङ्गादि ग्रुप पावर र नबिल बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा आदर्श लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । आदर्श लघुवित्तको सेयरमा यस्तो गिरावट आउँदा खप्तड लघुवित्त वित्तिय संस्था, उपकार लघुवित्त वित्तिय संस्था, श्रीजनशिल लघुवित्त वित्तिय संस्था र आधिखोला लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी