Skip to content
LAXMI SUNRISE BANK

क्रोएसिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ, १५ लाख ठगीको आरोप

अर्थ सरोकार

काठमाडौं । क्रोएसिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्ला काभ्रेपलान्चोक साबिक खार्पाचोक गाउँ विकास समिति वडा नं.२ परिवर्तित रोशी गाउँपालिका वडा नं. ८ घर भई हाल ललितपुर गोदावरी नगरपालिका बस्ने ४६ वर्षीय मेघ लाल तामाङ पक्राउ परेका हुन् ।

उनले दोमी  शेर्पासहित ३ जनालाई वैदेशिक रोजगारीका लागि वोर्किङ भिषामा क्रोएसिया जान प्रतिव्यक्ति ७ लाख रुपैयाँ लाग्ने बताएका थिए । तामाङले क्रोएसिया पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाईदिने, मासिक १ लाख भन्दा धेरै तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पिडितहरुबाट पटकपटक गरी १५ लाख रकम लिई सम्पर्क विहिन भएको प्रहरीले जनाएको छ ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले  फागुन २९ गते काठमाडौं महानगरपालिका वडा नं ३१ मिनभवनबाट पक्राउ गरेको हो । पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगारी विभाग बुद्धनगर पठाईएको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK