×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिमितको घरमै पुगेर मृत्यु बीमा दाबी रकम भुक्तानी गर्दै सिटिजन लाइफ इन्स्योरेन्स, एकैदिन दुई मृत्यु बीमा दाबी रकम हस्तान्तरण

PRIME CA

बिमितको घरमै पुगेर मृत्यु बीमा दाबी रकम भुक्तानी गर्दै सिटिजन लाइफ इन्स्योरेन्स, एकैदिन दुई मृत्यु बीमा दाबी रकम हस्तान्तरण

२४ जेष्ठ २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको पाल्पा शाखाले मृत्यु बीमा दाबी रकम भुक्तानी गरेको छ । शाखाले एकै दिन बीमितको घरमै पुगेर  दुई वटा मृत्यु बीमा दाबी रकम भुक्तानी गरेको हो । 
झन्डै एक बर्ष अगाडी कम्पनीको पाल्पा शाखाबाट १० लाख बीमाङ्कको डबल सुरक्षा योजना भएको सिटिजन शुभारम्भ योजना बीमालेख लिएकी गल्याङ – ५ मिर्मीकी तुलसी घर्तीको बिमा गरेको एक बर्षमा मृत्यु भए पछि दाबी भुक्तानी बापतको ११ लाख ३० हजार रुपैयाँको चेक रकम मृतकका छोरा अमृत जि.सि लाई हस्तान्तरण गरिएको हो । 
यस्तै अर्को दाबी रकम सिटिजन लाइफ इन्स्योरेन्स पाल्पा शाखाबाटै ५ लाख बिमाङ्कको सुभारम्भ बिमा योजना खरिद गर्नु भएका तिनाउ गाउपालिका पाल्पा निवासी कुल चन्द्र पुरिको मृत्यु भए पछि दाबी भुक्तानी बापतको ५ लाख ६७ हजार रुपैया मृतककी श्रीमती नैना पूरिलाई हस्तान्तरण गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: