काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १४.४४ अंकले घटेर १९३८.३२ बिन्दुमा पुगेको हो । बुधबार नेप्सेमा कुल २५३ कम्पनीको ३७ लाख १६ हजार ६ सय ८४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २० करोडमाथिको सेयर कारोबार भएको छ । बुधबार सबैभन्दा बढी कारोबार एनआईसी एशिया बैंक लिमिटेडको भएको छ । यस कम्पनीको १० करोड ३५ लाख २२ हजार ३३ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यस्तै बुधबारको सेयर बजारमा युनिक नेपाल लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । यस अलावा शुभम् पावर लिमिटेड, बिन्ध्यबासिनी हाइड्रोपावर, रुरु जलविद्युत परियोजना, मनकामना स्मार्ट लघुवित्त र ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार एनआईसी एशिया बैंक लिमिटेडको भएको छ । यस कम्पनीको १० करोड ३५ लाख २२ हजार ३३ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा सानिमा माइ हाइड्रोपावर, नबिल बैंक, शिवम् सिमेन्ट, हिमालयन डिष्ट्रिलरी र सुर्यज्योती लाइफ इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बुधबारको सेयर बजारमा किसान लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । किसान लघुवित्तमा यस्तो गिरावट आउँदा बाराही हाइड्रोपावर, स्वोरोजगार लघु बित्त विकास बैंक, फस्ट माइक्रो फाइनान्स लघुवित्त वित्तिय संस्था र ग्लोबल आइएमइ लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्