Skip to content
LAXMI SUNRISE BANK

राष्ट्र बैंकले रिपो मार्फत १५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाउँदै

अर्थ सरोकार

काठमाडौं । नेपाल राष्ट्र बैंकले रिपो मार्फत १५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाउने भएको छ ।

केन्द्रिय बैंकले १४ दिनमा परिपक्क हुने गरी १५ अर्ब रुपैयाँ तरलता बैंकिङ प्रणालीमा पठाउन लागेको हो । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अभाव देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ ।

यसअघि १८ फागुनमा १४ दिनको लागि २० अर्ब रुपैयाँ रिपो मार्फत बैंकिङ प्रणालीमा तरलता पठाएको उक्त रिपोको अवधि सकिएसँगै पुन १५ अर्बको रिपो जारी गर्न लागेको हो ।

हाल राष्ट्र बैंकले बैंकहरुलाई ७ प्रतिशत ब्याजदरमा ओभरनाइट तरलता सुविधा उपलब्ध गराउँदै आएको छ । अन्तर बैंक ब्याजदर पनि ७ प्रतिशत नै रहेको छ । जसले गर्दा बैंकिङ प्रणालीमा साधारण तरलताको कमी रहेको देखाउँछ । सोही कारण रिपो मार्फत केन्द्रीय बैंकले बैंकिङ प्रणालीमा तरलता पठाउन लागेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK